पछिल्लो २४ घण्टामा ३९ सय १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७०८ पीसीआर र ६८ सय ७४ जनाको एन्टीजेन गरि १८ हजार ५८२ जनाको कोरोना परीक्षण गर्दा यतिमा संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही अवधिमा २७ जनाको मृत्यु भएको छ भने २१ सय १८ जना संक्रमणमुक्त भएका छन् ।
काठमाडौंमा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ जना गरि उपत्यकामा कुल १ हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर अहिले ७३६ जना आइसियु र १८६ जना भेन्टिलेटर सहित सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ रहेको छ।
मन्त्रालयका अनुसार कोरोनाकै कारण १० हजार २सय३९ जनाको मृत्यु भएको छ,भने ६ लाख ७९ हजार ४९५ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै पीसीआर परीक्षणबाट ७ लाख २८ हजार ५३२ र एन्टीजेन परीक्षणबाट ७४ हजार ३४ गरि ८ लाख २ हजार ५६६ मा संक्रमण पुष्टि भएको हो ।