logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, अध्यक्ष दाहालको प्रस्ताव माथि छलफल हुने


अंकुरण खबर
767
Shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने भएको छ ।

बिहान ११ बजे बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको  प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुनेछ ।

शनिबार भएको बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफलका लागि ८ वटा समूह विभाजन गरिएको थियो ।

अध्यक्ष दाहालले पुस ११ गतेदेखि गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । उनले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राखेका छन् ।

शनिबारको बैठकमा अध्यक्ष दाहालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै विधान संशोधनको प्रस्ताव पनि पेश गरिएको छ ।