पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् ।
१० हजार ९३ जनाको पीसीआर परीक्षणमा २ हजार ५ सय ६६ जना र ५ हजार ५ सय १८ जनाको एन्टिजेन परीक्षणमा ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समय थपिएको सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १० हजार ८ सय ५३ पुगेको छ ।
आज २ हजार ४ सय ५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८५ हजार १ सय ४० पुगेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमण ३५ जनाको मृत्यु भएको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ३ सय २७ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ७१ रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये ३५ हजार ६३ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३ सय ३५ जना संस्थागत आइसोलेसनमा छन् ।