logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कक्षा १२ का परीक्षार्थीलाई खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई बोर्डको आग्रह


अंकुरण खबर
1.248K
Shares

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको जनाएको छ ।

जापानको अनुदानबाट आउन बाँकी रहेको एस्ट्राजेनेका खोप कक्षा १२ का विद्यार्थीलाई उपलब्ध गराउन मन्त्रालयलाई अनुरोध गरिएको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बताए ।

‘हामीले अहिले परीक्षार्थीको लागि खोपको पहल गरिरहेका छौं । स्वास्थ्य मन्त्रालय सकारात्मक छ । खोपको टुंगो भएपछि परीक्षा तालिका बनाउने तयारीमा लाग्छौं,’ उनले भने ।

मन्त्रालयले आगामी हप्ताभित्र बाँकी आठ लाख एस्ट्राजेनेका खोप आउने जनाएको छ । साउन ३१ गतेदेखि हुने परीक्षा कोरोना संक्रमणको जोखिम भएको भन्दै सीसीएमसीले परीक्षा स्थगित गर्न अनुरोध गरेपछि बोर्डले परीक्षा स्थगित गरेको थियो ।

बोर्डले पौने चार लाख विद्यार्थीको परीक्षा सञ्चालनका लागि चार हजार तीन सय १० परीक्षा केन्द्रमा भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी गरेको थियो ।