logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसम : यी स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना


अंकुरण खबर
585
Shares

हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भाग तराई नजिक रहेको छ भने पूर्वी भू-भागमा तराईभन्दा केही पर दक्षिणतिर रहेको छ।

बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज(मंगलबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश-१, प्रदेश-२, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश-१, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका  एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई  स्थानहरूमा  भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको ‍छ ।