logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा एमालेले बोलायो स्थायी कमिटी बैठक


अंकुरण खबर
728
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको स्थायी कमिटी र संसदिय दलको बैठक बोलाएको छ।

पछिल्लो राजनीति घटनाक्रम लगायतका विषयमा छलफल गर्न एकैदिन स्थायी कमिटी र संसदिय दलको बैठक बोलाइएको हो।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बिहान ११ बजे स्थायी कमिटीको बैठक र दिउँसो २ बजे संसदिय दलको बैठक बस्न लागेको उनले बताए।

दलको बैठकमा उपस्थित हुन नेकपा एमालेका १२१ जना सांसदलाई नै खबर गरिएको छ। दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने छ।

उता स्थायी कमिटी बैठक भने पार्टी अध्यक्ष केपिशर्मा ओलिको निवास बालकोटमा बस्न लागेको नेताहरूले बताएका छन ।

सरकारले संसदको चालू अधिवेशन अन्त्य गरेर राजनीति दल विभाजन सम्बन्धि संसोधन अध्यादेश ल्याउन लागेको चर्चाबिच एमालेले आन्तरिक छलफल गर्न लागेको हो।