जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।
काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसका सोमबारदेखि दुई दिनका लागि आह्वान गरिएको बैठक आज पनि जारी छ ।
जसपाले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि बसेको यो पहिलो बैठक हो । बैठकमा ८० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यहरु सहभागी रहेको जसपाले जनाएको छ ।
आज सम्पन्न हुने बैठकमा पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी कार्यक्रमहरुको परिचालन, अनुगमन, मूल्याङ्कन,अभिलेखीकरण र सरकारमा सम्मानजनक सहभागिताबारे के गर्ने भन्ने कुराको निर्णय हुनेछ ।