logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

चार दिनदेखि बेपत्ता एक किशोरीको शव भेटियो


अंकुरण खबर
780
Shares

सर्लाहीमा चार दिनदेखि घरबाट बेपत्ता भएकी एक किशोरीको हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

गत साउन ३१ गतेदेखि घरबाट बेपत्ता भएकी लालबन्दी नगरपालिका-१७ की १६ वर्षीया प्रियंका भुजेलको शव फेला परेको हो ।

हत्या गरिएको अवस्थामा मंगलवार राति शव फेला परेको प्रहरीले जनाएको छ ।

घरदेखि करिब ३ किलोमिटरको दुरीमा कालिन्जोर खोलामा उनको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

बलात्कार गरी किशोरीको हत्या गरिएको प्रहरीको आशंका छ ।

डिएसपी बुढाथोकीले घटनाको अनुसन्धान भइरहेको र हत्या आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको बताए ।

पक्राउ परेका दुबै जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारीमा प्रह री जुटेका छन् ।

शवलाई पोस्ट मार्डम गन पठाइएको छ ।