logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कार गरेको अभियोगमा २ जना पक्राउ 


अंकुरण खबर
1.144K
Shares

काठमाडौं – १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका ५ लेले घर भई हाल सोही स्थान बस्ने २५ वर्षीय सुमन नेपाली र माहाङ्काल गाउँपालिका ३ गोटिखेल घर भएका ३० वर्षीय विशाल तिमिल्सिनालाई गएराती प्रहरीले पक्राउ गरेको हो ।

गोदावरी नगरपालिका १४ ठैबस्थित वेलकम क्याफेमा किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।