logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सप्तकोशीमा हामफालेर आत्महत्या प्रयास गर्ने ६ जनाको उद्धार


अंकुरण खबर
871
Shares

सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ ।

ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

गत असारदेखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हामफालेका उनीहरुलाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सकुशल उद्धार गरेकामा सुनसरी गढीका ७८ वर्षीय पुरुष, विराटनगरकी ५५ र ३५ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी भारत मधुवनीका २५ वर्षीय युवक, इटहरीकी ६५ वर्षीया महिला र काभ्रेपलाञ्चोककी ४० वर्षीया महिला समेतलाई आत्महत्याका लागि नदीमा हामफालेको अवस्थामा प्रहरीले सकुशल उद्धार गरेको हो ।

आत्महत्याको प्रयासमा कोशीमा हामफालेका सबैको सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।