वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको दलको नाम परिवर्तन भएको छ ।
यसअघि नेकपा एमाले समाजवादी राख्ने प्रस्ताव नेपाल पक्षले गरेपनि शुक्रबार नाम परिवर्तनको निर्णय भएको हो । अब नेपाल पक्षको पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ ।
आयोगले अन्य पार्टीसँग मिल्दोजुल्दो नाम राख्न नपाइने जानकारी गराएपछि नेपाल पक्षले नाम फेर्ने निर्णय गरेको हो । राजेन्द्र पाण्डेसहितको टोली शुक्रबार अपराह्न १ बजे निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका छन् ।
त्यस्तै यसअघि ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकोमा सोको संख्या बढाएर ११५ पु¥याइएको छ ।
चुनाव चिन्हको बारेमा भने अझै निर्णय भइसकेको छैन । नयाँ पार्टीका लागि ‘खुला किताब’ चुनाव चिन्ह प्रस्ताव गरिएको थियो । तर, त्यो अर्को पार्टीसँग मिलेपछि त्यसमा विवाद सिर्जना भएको थियो ।