logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगनिस्तान तनाव : उपभोग्य बस्तुको मूल्य वृद्धि र बैंकिङ सेवा ठप्प, काबुलबासी चिन्तित


अंकुरण खबर
1.001K
Shares

अफगानिस्तानमा भएको पछिल्लो राजनीतिक घटनाक्रमले विशेष गरी राजधानी शहर काबुलबासीमा थप तनाव सिर्जना गरेको छ ।

बैंकिङ सेवा ठप्प रहेको काबुलमा महंगी पनि बढेपछि काबुलबासी चिन्तित भएका हुन् ।

गतसात तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि त्यहाँ देखिएको अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले वस्तुको मूल्यमा व्यापक वृद्धि गरेका छन् भने बैंकिङ सेवासमेत ठप्प भएको पाइएको छ ।

खामा प्रेसले जनाए अनुसार बैंक बन्द र सबैभन्दा ठूलो पैसा साट्ने बजार साराई शाहजादा बन्द हुँदा काबुलका मानिसले कठिनाइको सामना गरिरहेका छन् । सरकारी अधिकारी तथा अन्य निजी कर्मचारीले पनि आर्थिक समस्याको सामना गरिरहेका छन् किनभने यो महिना समाप्त हुनै लागेको छ र उनीहरूलाई आफ्नो तलबको कुनै नभएको पाइएको छ ।

अगष्ट १५ मा राष्ट्रपति अररफ गनीले झडप र सुरक्षाको कारण देखाउँदै विदेश पलायन भएपछि अफगानिस्तान सरकारविहीन अवस्था रहेको छ । एजेन्सी