logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु


अंकुरण खबर
871
Shares

पछिल्लो २४ घण्टामा १९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९४४३ पीसीआर परीक्षणमा १७०२ र ३०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२४८ रहेको छ । त्यस्तै संक्रमणबाट २४ जनाको मृत्यु भएको छ ।