logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

किशोरी बलात्कार गरेको आरोपमा युवक पक्राउ


अंकुरण खबर
741
Shares

कैलालीको कैलारी गाउँपालिका–७ बाट प्रहरीले बलात्कार गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलारी गाउँपालिका–७ रामपुर बस्ने २३ वर्षीय अरुण चौधरी छन् ।

शनिबार राति चौधरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चौधरीले ती बालिकालाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको सूचना पाएपछि सीमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।