जापानबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनेकाको ६ लाख डोज आज काठमाडौं आइपुग्न लागको छ।
जापान सरकारले नेपाललाई अनुदानमा दिएको खोपमध्ये ६ लाख डोज आज आइपुग्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुग्ने मन्त्रालयको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुगानाले बताए।
जापनले नेपाललाई १६ लाख १४ हजार ७४० डोज खोप अनुदानमा दिएको थियो। त्यसमध्ये १० लाख डोज खोप आइसकेको छ। यो खोप प्राथमिकताका आधारमा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अहिलेसम्म नेपालमा एक करोड १६ लाख मात्रा खोप आइसकेको छ। जसमध्ये ४७ लाख ८५ हजार नौ सय दुई जनाले पहिलो डोज र ३६ लाख ४९ हजार सात सय ६० जनाले पूर्ण खोप लगाइसकेका छन्।