logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

लुम्बिनी प्रदेश सभा अबरुद्ध गर्ने एमाले सांसदहरूको चेतावनी


अंकुरण खबर
2.145K
Shares

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले आफ्ना माग पूरा नभएसम्म संसद चल्न नदिने चेतावनी दिएको छ।

एमालेले कारबाही गरेका दुई जना सांसद अजय शाही र बिमला वलीलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै आएको छ।

तर, सभामुख पूर्ण बहादुर घर्तिले सासद् शाही स्वतन्त्र भएको र वलीले नेकपा माओवादी रोजेको भन्दै पदमुक्त गर्न नसकिने बताएपछि एमाले सांसदहरू र सभामुखबीचको विवाद बढ्दै गएको छ।

लुम्बिनी सरकारको सोमबार दिउसो १ बजे प्रदेशसभा बैठक बस्ने कार्यसूची छ।

तर, एमाले संसदीय दलले भने आफ्नो माग पूरा नभएसम्म संसद् अबरुद्ध गर्ने सभामुखलाई जानकारी गराएको छ।

प्रतिपक्षी दल मालेले निरन्तर अवरोध गरेपछि मंगलबार र बुधबार संसद् बैठक स्थगित भएको थियो।