राष्ट्रपति विद्या भण्डारी र प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भण्डारीलाई भेट्न नेता नेपाल सोमबार शितलनिवास पुगेका हुन्।
उनीहरुबीच सोमबार शीतल निवासमा मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म वार्ता भएको बताइएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले औपचारिक रुपमा विभाजित भई नयाँ दल दर्ताको प्रक्रिया रहेको सन्दर्भमा राष्ट्रपति भण्डारीले नेता नेपाललाई शीतल निवासमा बोलाएकी हुन् । नयाँ दल दर्ताको लागि सनाखत गर्न निर्वाचन आयोगले मंगलबार बोलाएको छ ।