logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

पछिल्लो २४ घण्टामा थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु


अंकुरण खबर
754
Shares

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ७०४ जनाको पीसीआर परीक्षणमा १ हजार ५४८ र २ हजार ६२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५३ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज विभिन्न अस्पतालबाट एक हजार ९२४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९३.५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।