सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका ८ शुक्रवारेबाट गएराती एक जनालाई ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत सुपौल थाना बिरपुर बनेलीपट्टी ३ का २५ बर्षीय रुद्रनारायण कुमार यादव रहेका छन् ।
सुचनाको आधारमा गत ६ गते ब्राउन सुगरसहित यादवलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ब्राउन सुगर ५२ ग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका यादवलाई सोधपुछ गर्दा यस अघीनै पक्राउ परेका पुरुषोतम मेहताको घरमा थप ब्राउन सुगर लुकाई राखेको छ भनि खुलाई दिए पश्चात प्रहरी गई मेहताको घरमा खानतलासी लिदा थप १७ ग्राम ब्राउन सुगर बरामद भएको छ ।
पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।