logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

कुलमानको नियुक्तीको मिसिल झिकाउन सर्वोच्चको आदेश


अंकुरण खबर
1.313K
Shares

सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले नियुक्त गरेको कुलमान घिसिङको सक्कल झिकाउन आदेश दिएको छ।

कुलमान विरुद्ध हितेन्द्रमान शाक्यले दायर गरेको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले मंगलबार सक्कल मिसिल झिकाउन आदेश दिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सक्कल फाइल झिकाउन आदेश दिएको छ ।

आदेशमा शाक्यलाई नियुक्ति दिन सरकारले गरेको निर्णय, जल तथा ऊर्जा आयोगमा विशेषज्ञ पदमा गरेका नियुक्ति र कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने मन्त्रिपरिषदको २०७८ साउन २५ को निर्णयका साथै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको निर्णय पनि तीन दिनभित्र झिउकाउन भनिएको छ ।