logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेका सीईओ चन्द्रसिंह साउदले दिए राजीनामा


अंकुरण खबर
1.209K
Shares

नेपाली पुँजीबजारको नियामक निकाय नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन।

सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर पाएको आरोप लागेपछि साउद सहित नेपाल धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष भिष्मराज ढुंगानालाई अर्थमन्त्रालयले स्पष्टिकरण सोधेको थियो।

उनले मंगलबार पत्रकार सम्मलेन गर्दे अर्थमन्त्रालय पुगेर राजीनामा बुझाएको बताएका छन।

सर्वोत्तम सिमेन्टको शेयर जारी गर्न बुक बिल्डिङ प्रक्रियामा रहेका बेला उक्त कम्पनीको शेयर आफ्नी श्रीमतिको नाममा खरीद गरेको पाइएपछि सीईओ साउद विवादमा तानिएका थिए। नेप्सेमा साउदको कार्यकाल ३ महिनामात्र बाँकी थियो।

प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिले पनि उनलाई कारबाही गर्नुपर्ने ठहर गरेको थियो। सेयर किनबेचमा विवादित बनेपछि अर्थ समितिमा सांसदहरुले उनको चर्को आलोचना गरेका थिए।

पत्रकार सम्मेलनमा बोल्दै साउदले आफूले कुनै गैरकानुनी काम नगरेको बताए। विवादित सेयर पनि कानुनअनुसार नै किनेको उनको भनाइ थियो।