logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकीकृत समाजवादी र लोसपालाई पार्टी दर्ताको प्रमाण पत्र आजै दिने आयोगको तयारी


अंकुरण खबर
1.001K
Shares

निर्वाचन आयोगले पार्टी विभाजनको निर्णय आजै गर्ने तयारी गरेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको दर्ता प्रक्रिया आजै सकाउने योजनामा आयोग रहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

दुवै पार्टीको सनाखत सम्पन्न भएसँगै आयोगले पार्टी विभाजनको निर्णय आजै गर्ने उनले जानकारी दिएका छन् । सकेसम्म दुवै पार्टी दर्ताको प्रमाण पत्र आजै दिइने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

प्रस्तावित नेकपा एकीकृत समाजवादीको पक्षमा ३० सांसद र ५४ जना केन्द्रीय सदस्यहरुले सनाखत गरेका छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका १३ जना प्रतिनिधि सभाका सांसद र १ जना राष्ट्रिय सभाका सांसद र १६ कार्यकारी सदस्यले आयोग पुगेर सनाखत गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यसैबीच एकीकृत समाजवादीका चार जना सांसदको सनाखत गर्न अस्वीकार गरेको छ। पार्टी दर्ताका लागि पेश गरेको निवेदनमा नाम र हस्ताक्षर नभएको भन्दै आयोगले चार सांसदको सनाखत गर्न अस्वीकार गरेको हो ।

आयोगले शारदा भट्ट, माया ज्ञवाली, सोमप्रसाद पाण्डे र तुलसा थापाको सनाखत गर्न नमानेको हो।

सनाखत नभए पनि पार्टी विभाजन भएको निर्णयमा उनीहरुले समाजवादी पार्टीमा रहनका लागि निवेदन दिएको भन्ने कुरा उल्लेख गरी संघीय संसदलाई जानकारी गराउने सहमति भएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।