logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एमडी, एमएस, एमडीएमएसको प्रवेश परीक्षा कात्तिक ९ गते हुने


अंकुरण खबर
1.235K
Shares

काठमाडौं-  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले स्नातकोत्तर तहको एमडी, एमएस,एमडीएमएसको प्रवेश परीक्षा यही कात्तिक ९ गते सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७६/७७ का लागि लिइने सो तहको प्रवेश परीक्षा स्थगन गर्न न्याम्सलाई १ कात्तिकमा निर्देशन दिएपछि कात्तिक २ गते सञ्चालन गर्ने भनिएको सो तहको परीक्षा स्थगन भएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री न्याम्सको सहकुलपति हुने प्रावधान रहेको छ । न्याम्सका डीन प्रा.डा. पीयुष दाहालले मन्त्रालयको निर्देशनअनुसार कात्तिक ९ गते शनिबार प्रवेश परीक्षा सञ्चालन हुन लागेको जानकारी दिए ।