logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली राजमार्ग अवरूद्ध : कालीकोटको शुभकालीकामा पहिरोले पुरिएर एक जनाको मृत्यु


अंकुरण खबर
832
Shares

कर्णाली राजमार्गको कालीकोटको शुभकालीका गाउँपालिका–१ कालेखोलामा पहिरामा परी एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान ५ बजे कर्णाली राजमार्गको पहिरामा च्यापिएर शुभकालीका गाउँपालिका–१ की २५ वर्षीया बिमला सुनारको मृत्यु भएको हो ।

राजमार्गमाथिबाट आएको ढुङ्गाले च्यापिएको अवस्थामा भेटिएको सुनारलाई प्रहरीले उद्वार गरी उपचारका लागि जिल्ला अस्पताल कालीकोटतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले जानकारी दिए ।

वर्षातका कारण सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको दुई ठाउँमा पहिरा गएका कारणले सो राजमार्ग अवरुद्ध रहेको छ ।

बिहान दैलेख र कालीकोटको सिमानामा पर्ने कालेखोला र एसमोडमा पहिरा खसेको कालीकोटका प्रहरी प्रमुख शाहले बताए ।

पहिराका कारण यातायातका साधन बीचबाटोमै रोकिएका छन् । अहिले पहिरो पन्छ्याउने काम भइरहेको छ ।