logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनगायक टुहुरेको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्‍यक्त


अंकुरण खबर
806
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले जनगायक जेबी टुहुरेको निधनप्रति दुःख व्‍यक्त गरेका छन्।

आज (बिहीबार) प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत गायक टुहुरेको निधनप्रति दुःख व्‍यक्त गरेका हुन्।

‘कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे) को निधनको खबरले निकै स्तब्ध भएको छु,’ उनले ट्विटरमा लेखेका छन्, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

आज बिहान बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो। घरमै हुँदा स्मष्तिष्कघातका कारण एक्कासि लडेपछि उनलाई गत मंगलबार वयोधा अस्पतालमा भर्ना गरिएको थियो। उनी मुटु, फोक्सो, मधुमेह, उच्च रक्तचापलगायत दीर्घरोगबाट पनि पीडित थिए।

मंगलबार मात्र सरकारले उनको उपचारमा लाग्ने सबै खर्च बेहोर्ने घोषणा गरेको थियो।