नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पार्टी विभाजनको तहमा पुग्नु दुखद भएको बताएका छन् ।
च्यासलस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले नेता माधवकुमार नेपालले आफ्नो अभिाभारा बिर्सिएको आरोप लगाएका हुन् ।
व्यक्तिगत इगोका कारण नेपाल नयाँ पार्टी दर्ता गर्ने तहमा पुगेको ओलीको आरोप थियो ।
आन्दोलनको अभिभारा बोक्नेहरु पार्टी छोडेर, आन्दोलनका अभिभारा विर्सिएर, आफ्नो काँधको अभिभारा बिर्सिएर, जनताका अगाडि गरेका प्रतिबद्धता बिर्सिएर भावावेशमा पार्टी विभाजनमा लागेको उनको भनाइ थियो । पार्टी विभाजन हुनुमा सैद्धान्तिक मतभेद केही नभएको उनले दाबी गरे।
यता माधवकुमार नेपालले भने ओली हठका कारण पार्टीलाई पुनर्गठन गरि नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन् । एमाले औपचारिक रुपमा विभाजित भएपछि विहीबार एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बसेको हो ।