logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

नगदसहित ११ जना जुवाडे ललितपुरको इमाडोलबाट पक्राउ


अंकुरण खबर
2.002K
Shares

महानगरीय प्रहरी परिसर ललितपुरले २ लाख ३४ नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकास्थित इमाडोलको एक घरमा जुवा खेलिरहेको अवस्थामा आज दिउँसो ११ जनालाई पक्राउ गरिएको परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिए ।

उनीहरूले जुवामा हार-जीतको पैसा मोबाइलबाट पनि ट्रान्सफर गर्ने गरेको भन्ने खुलेको र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।