logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारले एसएसबीले तुइन फुस्काउँदा बेपत्ता भएका धामीको परिवारलाई १० लाख दिने


अंकुरण खबर
1.209K
Shares

तुइनबाट भारत जाने क्रममा महाकालीमा खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख राहत दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धामीको परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । गत साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिकाका भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन फुस्काउँदा महाकालीका धामी नदीमा बेपत्ता भएका थिए ।

उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । तर समितिले हालसम्म प्रतिवेदन बुझाएको छैन् ।

धामीको परिवार र स्थानीयवासीले एसएसबीले तुइन फस्काइदिदा उक्त दुर्घटनाको बताउँदै आएका छन् ।