आजदेखि काठमाडौंमा कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंका अनुसार तीन दिनसम्म दोस्रो डोज लगाइनेछ। भेरोसेलको पहिलो डोज लगाएकालाई डोस्रो डोज लगाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए।
पहिलो मात्रा लगएका ५० वर्षभन्दा माथिका सबैलाई दोस्रो डोज दिइनेछ। यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकले पनि डोस्रो डोज पाउने भएका छन्।
यससँगै सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका विदेशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ।
यसअघि भेरोसेलको पहिलो डोज लगाएका र दोस्रो डोज छुटेका व्यक्तिलाई पनि खोप लगाइने भएको छ।
यसका लागि काठमाडौंका सबै वडामा खोप केन्द्र राखिएको छ। यससँगै आठ वटा अस्पतालमा पनि खोप लगाउने व्यवस्था गरिएको छ।