काठमाडौं – यौन र्दुव्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि आज तेस्रोपटक अदालत लगिँदैछ ।
प्रहरीले महरामाथि लागेको अभियोगबारे अनुसन्धान पूरा नभएको भन्दै तेस्रोपटक म्याद थपका लागि अदालत लैजान थालेको हो ।
यसअघि गत आइतबार जिल्ला अदालतले महरालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । असोज २८ गते अदालतले महरालाई ३ दिन म्याद थप गरेको थियो ।
यौन र्दुव्यवहारको आरोपमा किटानी जाहेरी परेपछि महरा गत असोज १९ गते साँझ सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका थिए ।