logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

आलमको मुद्दामा आज सुनुवाइ हुँदै


अंकुरण खबर
884
Shares

पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताव आलमले थुनामुक्त हुन दिएको निवेदनमाथि आज ९शुक्रबार० सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

न्यायाधीश प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उनको मुद्दाका सुनुवाइ हुनेछ।

रौतहट जिल्ला अदालतले २०७६ कात्तिक २९ गते आलमलाई थुनामा राख्न आदेश दिएको थियो। जिल्ला अदालतविरुद्ध उनी उच्च अदालत पाटन गएका थिए। उक्त अदालतले पनि उनलाई थुनामा राख्न आदेश दियो। उक्त आदेशविरुद्ध उनी सर्वोच्च अदालत पुगेका हुन्।

ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ गरी तीनवटा मुद्दामा उनी पक्राउ परेका हुन्। कसुर ठहर भएपछि उनको सांसद पद निलम्बनमा परेको छ।