घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आफ्नै श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेकी छन्।
तुलसीपुर उपमहानगरपालिका-३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी आज हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यालले जानकारी दिए ।
आज बिहान ३ः०० बजेतिर घरायसी विवाद हुँदा श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको देवीकुमारीले प्रहरी समक्ष बयान दिएकी छन्।
उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।