logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

बूढानीलकण्ठबाट नगदसहित ११ जुवाडे पक्राउ


अंकुरण खबर
845
Shares

काठमाडौं – नेपाल प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट १ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका–४ स्थित मीनबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लक्ष्मी गुरुङको कोठामा जुवा खेलिरहेको अवस्थामा मंगलबार नगदसहित ११ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले गुरुङको कोठाबाट ५०० लिटर अवैध घरेलु मदिरासमेत बरामद गरेको छ । नियन्त्रणमा रहेका अन्य जुवाडेहरूको परिचय नखुलाएको प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।