logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सप्तकोशीको बहाव तीनसय मिटर फैलियो


अंकुरण खबर
715
Shares

निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलिएको छ।

बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४०० परिवारलाई असर पारेको  नगरप्रमुख दुर्गाकुमार थापाले बताए। तटीय क्षेत्रमा  डम्रीबोट, सोमबारे, मसानघाट, रामनगरका साथै धौरी, एबिसी र श्रीलङ्का टाप्पु पर्दछ।

रामनगरका कृष्णबहादुर भुजेलका अनुसार आइतबार राति १० बजेसम्म  पानीको बहाव नदी किनार पार गरेर ३०० मिटर दूरीको गाउँ इलाकासम्म प्रवेश गरेकामा आज बिहान वर्षा कम भएकाले  बहाव थोरै घटेर गएको छ।

बस्तीमै बाढी प्रवेश गर्न थालेकाले  त्यहाँका बासिन्दालाई  राति नै अन्यत्र सार्न थालिएको नगरप्रमुख थापाले बताए। तटीय क्षेत्रमा सम्भावित कटान रोकेर गाउँलाई सुरक्षित राख्न आइतबारदेखि सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोलीसमेत परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

नदीको बहाव बढेकाले केही स्थानका जमिन कटान हुन थाले पनि अन्य स्थानमा भने कटानको खतरा नरहेको जनाइएको छ ।