logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्रोत नखुलेको १० लाख नगदसहित दुई जना पक्राउ


अंकुरण खबर
650
Shares

स्रोत नखुलेको १० लाख नगदसहित दुई जना पक्राउ परेका छन् ।

जगरनाथपुर गाउँपालिका २ बाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ६ सय २० नेपाली रुपैयाँ र १ हजार ६ सय भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजारका ४५ वर्षीय बृजकिशोर गिरी र पर्सा धोबिनी गाउँपालिका २ गुलरिया टोल बस्ने ५० वर्षीय रामपुकार पटेल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सिट मुनि लुकाई ल्याएको फेला पारेको हो ।

उक्त स्रोत नखुलेको रुपैयाँ सहित फेला पारि मोटरसाइकल चालक गिरी र मोटरसाइकल सवार पटेललाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ