logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनसुनी प्रभाव कायमै, केही ठाउँमा भीषण वर्षा हुने


अंकुरण खबर
780
Shares

मनसुनी वायुको प्रभाव कायमै रहेकाले देशका केही स्थानमा आज पनि भीषण वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना छ।

आज बिहान देशभर सामान्य बदली रही प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो पनि देशभर मौसम बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको हुने भएको छ। सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ।

आज राति पनि देशभर सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना छ। महाशाखाका अनुसार राति बागमती प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।