logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा निषेधाज्ञा कायमै, विद्यालय खोल्न नपाइने (विज्ञप्तिसहित)


अंकुरण खबर
754
Shares

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा भदौ मसान्तसम्म कायमै राख्ने निर्णय गरेका छन् ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधबार बसेको बैठकले निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको हो । तर, जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा कायमै राखे पनि त्यसका केही प्रवाधानहरुमा भने फेरबदल गरेको छ ।

निषेधाज्ञाको समयमा गर्न नपाइने कार्यहरू जारी निषेधाज्ञामा भएकै प्रावधानलाई निरन्तरता दिइएको छ। यस अवधिमा विद्यालयलगायत सम्पूर्ण शैक्षिक संस्थाहरू खोल्न नपाइने बताइएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विद्यालय हिजोदेखि खोल्ने निर्णय गरी सञ्चालन गरेपनि प्रशासनले बन्द गर्न निर्देशन दिएको थियो ।

कोरोना संक्रमणमा उल्लेख्य कमी नदेखिएको तथा स्वास्थ्यविदहरूले तेस्रो लहरको चेतावनी दिइरहेको बेला उपत्यकामा शैक्षिक संस्थाहरू भौतिक रूपमा सञ्चालन गर्न पूर्ण रोक लगाइएको छ ।