नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साढे २ बजेका लागि स्थायी कमिटी बैठक बोलाएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
आजको बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको निर्वाचन कार्यविधिका बारेमा छलफल हुने बताइएको छ ।