logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फिलिपिन्समा दुईवटा शक्तिशाली भूकम्प, कम्तिमा ८ जनाको मृत्यु


अंकुरण खबर
3.237K
Shares

फिलिपिन्समा दुईवटा शक्तिशाली भूकम्प गएको छ । शनिबार बिहानै फिलिपिन्सको बातानेस प्रान्त केन्द्रविन्दु भएर ५.४ र ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पका कारण कम्तिमा ८ जनाको ज्यान गएको र धेरै घरहरु भत्किएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पका कारण झण्डै ६० जना घाइते भएका छन् । भूकम्प गएका बेला अधिकांश मानिस घरमै थिए । भूकम्प गए पनि सुनामीको चेतावनी भने दिइएको छैन । बिहानै भूकम्प गएकाले र मानिसहरु सुतिरहेकाले केहीको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएका छन् ।