logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

हिमपहिरोमा पुरिएर एकको मृत्यु २ जना घाइते


अंकुरण खबर
1.976K
Shares

पोखरा – कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित बगर भन्ने ठाउँमा हिमपहिरोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने  अन्य २ जना घाइते भएका छन्।

अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखरा ५ पर्स्याङका १८ वर्षीय सञ्जय खनालको हिमपहिरोबाट थुप्रिएको हिउँको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

पोखराबाट ३ जनाको टोली अन्नपूर्ण बेस क्याम्प घुम्न गएको थियो। अन्य घाइते भएका पर्स्याङका सन्तोष बास्तोला र फूलबारीका निर्जन कोइरालाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

हिउँदमा झरेको ढिस्को पग्लिएपछि सुरुङ बनेको र त्यही सुरुङमा पसेर फोटो खिच्न लाग्दा ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीयले बताएका छन्।