logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

जनताको मन जित्नेगरी काम गर्न नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन


अंकुरण खबर
1.534K
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई वडा तहदेखि बलियो बनाउने गरी जनताको मन जित्ने काम गर्न नेता तथा कार्यकर्ताहरुलाई देउवाले आग्रह गरेका छन्।

शुक्रबार भक्तपुरका दुई वडाको वडा अधिवेशन अवलोकन गर्ने क्रममा प्रधानमन्त्री देउवाले काँग्रेसका नेता तथा कार्यकर्तालाई यस्तो आग्रह गरेका हुन् ।

उनले भक्तपुरको मध्यपुर ठिमी नगपालिकाको वडा नम्बर ४ र सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को कांग्रेसको वडा अधिवेशनको अवलोकन गरे ।

देशभरका ५६ जिल्लामा शुक्रबार एक साथ नेपाली कांग्रेसको वडा अधिवेशन सुरु भएको छ । भक्तपुरका वडामा शुक्रबार अधिवेशन सुरु भए पनि सर्वसम्मति नभएका ठाउँमा भदौ २१ गते चुनाव हुनेछ।

आउँदो मंसिर ९ देखि १३ गतेसम्म हुने महाधिवेशनका लागि कांग्रेसले शुक्रबारदेखि वडा अधिवेशन सुरु गर्न लागेको हो। वडाबाट सभापतिसहित क्षेत्रीय प्रतिनिधि चुनिन्छन्।