तीजमा ब्रतालु भक्तजनले पशुपतिनाथको दर्शन र पूजा गर्न पाउने भएका छन् ।
कोरोना महामारीका कारण बन्द रहेको पशुपतिनाथ मन्दिरमा भक्तजनका लागि नियमित दर्शन एवं पूजा खुला गर्ने तयारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाई आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर मन्दिरमा पूजा खुला गर्न व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
चार महिनाभन्दा बढी समयदेखि सर्वसाधारणका लागि बन्द रहेको पशुपतिनाथको मन्दिर तीजअगावै खुला गर्ने तयारी गर्ने भएको हो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गरी स्वास्थ्य मापदण्ड अपनाएर मन्दिरमा पूजाआजा गर्न भनेको छ ।
