पछिल्लो २४ घण्टामा नेपालमा थप १२६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा गरिएको कूल ९८७५ जनाको नमूना परीक्षण गर्दा १२६८ जनामा कोरोना संक्रमण देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १०२४ र एन्टिजेन विधिबाट २४४ संक्रमित पुष्टि भएका हुन्।
उक्त अवधिमा कूल छ हजार ७५३ पीसीआर र तीन हजार १२२ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख ६८ हजार २९५ पुगेको छ।
गत २४ घण्टाभित्र नेपालमा थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ।