logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भदौ २३ गते संघीय संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस


अंकुरण खबर
1.209K
Shares

संसद् अधिवेशन बोलाउन सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद्ले भदौ २३ गते बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको हो ।

सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।

अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउनेछ ।

यसअघि सरकारको सिफारिसमा साउन ३२ गते राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी थिइन ।

संसद् अधिवेशन बोलाउने सिफारिस गर्ने निर्णय अघि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेका थिए ।