कोरोना भाइरसको संक्रमणका कारण बन्द भएको गोरखाको मनकामना केबुलकार आजबाट सञ्चालन हुने भएको छ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै लगाइएको निषेधाज्ञाका कारण वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो। जनस्वास्थ्यका मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठले बताए।
इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन्।
यससँगै मनकामना मन्दिर पनि खोल्ने विषयमा छलफल भइरहेको उनले बताए। निषेधाज्ञा लगाइएपछि मनकामना मन्दिर पनि बन्द गरिएको थियो।