logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसम : देशभर आंशिक बदली भई केही स्थानमा वर्षा हुने


अंकुरण खबर
832
Shares

आज देशभर मौसम बदली भई केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा केही तल रहेकोले देशभर मौसम आंशिक देखि सामान्य बदली हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश–१, प्रदेश– २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै  स्थानहरूमा तथा बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै आज राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश– १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।