logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मौसम बदली, दिनभर कस्तो रहन्छ ?


अंकुरण खबर
1.638K
Shares

काठमाडौं – देशभरिको मौसम बिहीबार पनि आंशिकदेखि सामान्य बदलीको अवस्थामा छ।

पश्चिमी वायु र अरब सागरको पूर्वी–मध्य क्षेत्रमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेकाले मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पश्चिमी क्षेत्रमा आंशिक तथा मध्य र पूर्वमा सामान्य बदलीको अवस्था छ।

बिहीबार दिनभर मध्य र पूर्वका क्षेत्रमा सामान्य बदली हुने सम्भावना छ । बाँकी क्षेत्रको मौसम भने आंशिक बदलीको अवस्थामा रहने जनाइएको छ ।

मध्य र पूर्वका थोरै तथा पश्चिम पहाडका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । राति पनि देशका मध्य र पूर्व क्षेत्रमा सामान्य बदली हुनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने छ ।