logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ पक्राउ


अंकुरण खबर
2.34K
Shares

काठमाडौं – पप गायक एवं र्‍यापर समीर घिसिङ ‘भिटेन’पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई ललितपुरबाट नियन्त्रणमा लिएको हो ।

समाजलाई अपाच्य हुने गीत गाएको भन्दै प्रहरीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो । उनी पछिल्लो समय ’हामी यस्तै त हो नी ब्रो गीतबाट चर्चामा आएका थिए । गीतमा प्रहरीलाई अश्लील गाली गरिएको छ । त्यस्तै प्रहरीचौकीमै रक्सी खाएर मस्ती गर्ने लगायतका शब्द पनि प्रयोग गरिएका छन् ।

भिटेनले हामी यस्तै त हो नी ब्रो नामक गीत भने युट्युवबाट हटाइसकेका छन् ।