संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।
गए राति मादी नगरपालिका–१ खोलागाउँका स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
आज बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको स्थानीयवासीले जानकारी दिएका छन् ।
घटनाको थप विवरण आउन बाँकी छ। प्रहरी टोली घटनास्थलतर्फ लागेको छ ।