काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ ।
गृहमन्त्रालयले मंगलबार प्रजिअ पराजुलीलाई गृह मन्त्रालयको प्रशासन महाशाखामा सरुवा गरेको हो ।
पराजुलीलाई जिल्ला प्रमुखबाट हटाएर गृह मन्त्रालयको प्रशासन महाशाखामा पुर्याइएको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
पराजुलीको ठाउँमा सहसचिव गोविन्द प्रसाद रिजाललाई प्रजिअको जिम्मेवारी दिइएको छ ।